असिनापानीले करोडौँको तरकारी बाली नष्ट

बनेपा, २९ वैशाख । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ । तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा,…

भारतीय प्रधानमन्त्रीको भ्रमणमा काठमाडौँमा  बीस मिनेटसम्म सवारी रोकिने

काठमाडौँ, २८ वैशाख । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा २० मीनेटसम्म सवारी रोकिने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौँ आउन लाग्नुभएका भारतीय…

विदेशमा ज्यान गुमाएका व्यक्तिको क्षतिपूर्ति लिन हकदार आएनन्

नुवाकोट, २७ वैशाख । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका व्यक्तिको नाममा आएको क्षतिपूर्ति रकम लिन नुवाकोटका केही हकदार सम्पर्कमा आएका छैनन् । मृतकका हकदार तथा आफन्तलाई जानकारी गराए पनि रकमको दाबी गर्न हकदार एवं…

क्रिकेट प्रतियोगिता वैशाख ३० देखि

काठमाडौँ, २६ वैशाख , नेपाल क्रिकेट संघ ९क्यान०को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ । उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित…

चापाकोट नगरपालिकामा मेयर कप भलिबल सुरु

स्याङजा, चापाकोट, २६ बैशाख । स्याङजा जिल्लाको चापाकोट नगरपालिकामा मंगलबारबाट मेयर कप भलिवल प्रतियोगिता सुरु भएको छ । चापाकोट नगरपालिका र चापाकोट खेलकुद विकास समितिको संयुक्त आयोजनामा मेयर कप महीला तथा पुरुष भलिवल प्रतियोगिता…

बुद्ध मूर्ति बिक्री गर्न हिँडेकालाई चोरी मुद्दा

नुवाकोट, २६ वैशाख । बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ । काठमाडाँैको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने…

विवाह मण्डपबाटै दुलहादुलही पक्राउ

रुकुम, २४ वैशाख । जिल्लाको मुसिकोट नगरपालिकामा आज बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् । बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुलहादुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह…

२० करोडको केराखेती यसरी भयो सखाप

चितवन, २४ वैशाख । हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण…

स्याङजाको चापाकोटमा मेयर कप भलिवल हुने

स्याङजा, बैशाख २४ । स्याङजाको चापाकोट नगरपालिकाले मेयर कप भलिवल प्रतियोगिता गर्ने भएको छ । चापाकोट नगरपालिका र चापाकोट खेलकुद विकास समितिको आयोजनामा हुने पुरुष तथा महीला भलिवल प्रतियोगितामा करिब ६ लाख खर्च लाग्ने छ । मेयर कपले चापाकोट…

जहाँ महिलाले बजाउँछन नौमती बाजा

म्याग्दी, २४ वैशाख । शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको…