बाढीका कारण १११ को मृत्यु

काठमाडौँ, ३१ साउन । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको…

अस्थायी शिक्षक पद सदाका लागि अन्त्य हुने

पोखरा, ३१ साउन । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सरकार अस्थायी शिक्षक पद सदाको लागि अन्त्य गर्ने तयारीमा जुटेको बताउनुभएको छ । नेपाल शिक्षक संघ कास्कीको आठौँं अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति तथा संघीय एवम् प्रादेशिक…

मेयर कप फुटसल भदौ १० देखि

काठमाडौँ, ३१ साउन । युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ । डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ वटा…

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ, ३१ साउन । धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८ कित्ता शेयर रु ७८ करोड ३६ लाख सात हजार…

नेपाल र चीन तीन सम्झौताः पेट्रोलियम अन्वेषणदेखि लगानी प्रवद्र्धनसम्म

काठमाडौँ, ३१ साउन । नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् । नेपाल र चीनबीच आज यहाँ सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम…

साहित्यकार अधिकारी पुरस्कृत

बागलुङ, ३१ साउन । रणस्मृति पुरस्कार संस्था बागलुङले यस वर्ष स्थापित ‘शक्ति पुरस्कार एवं सम्मान’ स्याङ्जाका साहित्यकार विश्वप्रेम अधिकारीलाई प्रदान गरेको छ । नेपाली साहित्यमा पु¥याएको योगदानबापत अधिकारीलाई रु आठ हजार पुरस्कारसहित…

भेटिएको पाँच लाख सम्बन्धित व्यक्तिलाई फिर्ता

काठमाडौँ, ३१ साउन । के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ । तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको रु पाँचलाख केही घण्टामा फेला…

नेपालमा लगानी बढाउन माओवादी केन्द्रको चिनियाँ प्रतिनिधिमण्डललाई आग्रह

काठमाडौँ, ३१ साउन । नेकपा(माओवादी केन्द्र)ले नेपालको भौतिक विकास र पूर्वाधार निर्माणमा लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग आज…

बाढी पहिरोको दीर्घकालीन समाधानका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ, ३१ साउन । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का भीमबहादुर रावलले बाढी पहिरो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले उचित नीति र कार्यक्रम तथा निर्णय लिनुपर्ने भन्ने जरुरी सार्वजनिक…

बाढीबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो

दाङ, ३१ साउन । दाङमा बाढीले बगाएर हालसम्म पाँचजनाको मृत्यु भएको छ । बाढीले बगाएर आइतबार बेपत्ता तुलसीपुर उपमहानगरपालिका –११ गैरीगाउँका मेघबहादुर केसीको आज दंगिशरण गाउँपालिका–६ थपागाउँमा शव फला परेको प्रहरीले जनाएको छ । यसैगरी…