“एक वर्षभित्र काठमाडौँ मा मास्क लगाउन नपर्ने”

काठमाडौँ, १२ फागुन । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५० औँ हप्तामा आज वाग्मती मनोहरा दोभानस्थित शंखमूल क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।…

सोमबार सबै मन्त्रीको शपथ हुने

चितवन, १२ फागुन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त…

प्रेसर कुकर बम विष्फोट, १ जना गम्भिर घाईते

लहान, १० फागुन । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ । उक्त बम…

ओली – प्रचण्डबीच छलफल, आज मन्त्रालय भागवण्डा हुदै

काठमाडौँ, १० फागुन । मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास…

बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

बैतडी, १० फागुन । जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ । गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरी…

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

पाँचथर, १० फागुन । पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक…

फेरी भूकम्प, केन्द्रविन्दु काठमाडौंको डल्लु

काठमाडौं, ९ फागुन ।  राजधानीमा भुकम्पको धक्का महसुश भएको छ । बुधबार बिहान २ बजेर २३ मिनेमा काठमाण्डौको डल्लु केन्द्रबिन्दु भएर३.५ रेक्टरस्केलको भुकम्प भएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का राम्रै महसुश भए पनि क्षतिको…

यसरी इनकाउन्टर गर्यो प्रहरीले पुन र आलेलाई

बुटवल, ९ फागुन । गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको…

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

कपिलवस्तु, ८ फागुन । यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडाँैबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हँुदा बसमा सवार…

एमाले र माओवादीबीच सात बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौँ, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । वाम गठबन्धनमा आवद्ध यी दुई पार्टीले आपसी वैचारिक विषयलाई वहश र…