अस्थायी राजधानीको विरोधमा ठाउँ ठाउँमा प्रदर्शन, जनकपुरविरुद्ध विरगञ्ज

काठमाडौं, ४ माघ । सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेपछि देशका विभिन्न ठाउँमा यसको बिरोध हुन थालेको छ । प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन सुरु भएको छ । मन्त्रीपरिषद बैठकले बुधबार २ नम्बर प्रदेशको राजधानी…

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

नुवाकोट, ४ माघ । भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन् । विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई यो वर्षको पुस…

चिसोमा अशक्त किशोरीको दयनिय दैनिकि

महोत्तरी, ४ माघ । घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् । शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा…

काँग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ, ४ माघ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि…

लवारीराम सत्रौँ पटक भलमन्सा

भीमदत्तनगर, ३ माघ । पश्चिम तराईका थारु चौधरी समूदायको प्रमुख चाड माघी पर्वको दोस्रो दिन विवाह व्रत, गाउँको मुखियादेखि भलमन्सा हँुदै गुरुवा चयन गर्ने चलन छ । त्यही प्रचलनअनुसार लवारीराम चौधरी १७औँ पटक गाउँको भलमन्सा चयन हुनुभएको…

सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी

काठमाडौं  । सरकारले सात वटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो । प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा ५ रुपन्देही, ६ को…

भागबण्डामा प्रदेश प्रमुख नियुक्त हुदै

काठमाडौं, ३ माघ । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बुधबारको बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने विश्वास गरिएको छ । आजको बैठकमा सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।…

टेकू अस्पतालमा रेबिज भ्याक्सिन अभाव, विरामी मर्कामा

काठमाडौं, ३ माघ । काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेविज भ्याक्सिनको अभाव भएको छ । अस्पताल प्रशासनले समयमै भ्याक्सिनको व्यवस्था नगरेकाले भ्याक्सिन अभाव भएको कर्मचारीहरुले बताएका छन् । विहानै देखि कुकुर…

राजधानी  माग गर्दै अनिश्चितकालिन दाङ बन्द

दाङ, ३ माघ । प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै स्थानीयले बुधबारदेखि अनिश्चितकालीन दाङ बन्दको आह्वान गरेका छन् । बन्दका कारण दाङ क्षेत्रको जनजिवन प्रभावित भएको छ । लामो तथा छोटो दूरीका यातायातका साधन चलेका छैनन भने उद्योग,…

मोटर चढ्न लाग्यो २० वर्ष

डडेल्धुरा, २ माघ । डडेल्धुराका एक गाउँका सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै…