‘डन बस्को’ ले बनाइदियो विद्यालयको नौ कोठे पक्की भवन

दोलखा, ११ माघ । नेपाल डन बस्को सोसाइटी ठेचो ललितपुर शाखाको सहयोगमा विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएको जलदेवी मावि काभ्रेमा करिव रु एक करोड ६४ लाखको लागतमा नौ कोठे आधुनिक तथा सुरक्षित पक्की आरसिसी ट्रस भवन निर्माण गरिएको छ ।…

फुटपाथमा सवारी साधन पार्किङ गर्नेलाई अब कडा कारबाही हुने

पोखरा, १० माघ । पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि फुटपाथमा व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् । दिन…

पानी परेसँगै पहाडी भेगमा हिमपात

बैतडी, १० माघ । गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ ।…

भक्तपुरमा पेस्तोल देखाएर लुटपाट

भक्तपुर, १० माघ । भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई…

कोमल ओली एमालेबाट राष्ट्रियसभा सदस्य उम्मेदवार

काठमाडौँ, ८ माघ । नेकपा एमाले ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केहीबेर अघि सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो । बैठकपछि पार्टीका सचिव…

कमल थापाको निर्णयले प्राधिकरणलाई झण्डै ४ अर्ब घाटा

काठमाडौं, ९ माघ । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयका कारण नेपाल विद्युत प्राधिकरणलाई झण्डै चार अर्ब रुपैयाँ घाटा लागेको छ । खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत खरिद सम्झौता (पीपीए) का कारण आर्थिकरूपमा थलिएको…

जल चढाउन जाँदा करेन्ट लागेर मृत्यु

सर्लाही, ८ माघ । सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन जानु भएकी उहाँ करेन्ट लागेर घाइते हुनुभएको छ थियो ।…

किन गरिन्छ बिद्याकि देवी सरस्वतीको पूजा?

काठमाडौँ, ८ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका…

भारततर्फ परेको नेपाली भूमि नेपालीले नै भोगचलन गर्ने

काठमाडौं, ७ माघ । भारतले नेपालको जग्गा नमिचेको नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले बताउनु भएको छ । वीरगञ्ज महानगरपालिका–१ छप्कैयामा भारतले नेपाली भूमि मिचेको भनिए पनि वास्तविकता त्यस्तो नभएको उहाँको दाबी छ । सिर्सिया नदिले…

सातवटै प्रदेशसभा सांसदहरुको शपथ आज

काठमाडौं। ७ माघ । सातवटै प्रदेशसभाका ५५० सांसदहरुको शपथ ग्रहण आज हुदैछ । सम्बन्धित प्रदेशको अस्थायी मुकाममा सांसदहरुको शपथ ग्रहण आज हुन लागेको हो । संघीयतामा गइसकेपछि नेपालको इतिहासमा आज हुन लागेको यो एउटा नयाँ र पहिलो प्रयोग हो । आजका…